काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ सय ४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भएका ६ हजार ४ पीसीआर परीक्षणमध्ये ८ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।
याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या २ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार ७५ रहेकाे छ ।




