दशरथ रंगशालामा बुधबार श्रीलंका पुलिस क्लब र आर्मी प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

दशरथ रंगशालामा बुधबार श्रीलंका पुलिस क्लब र आर्मी प्रतिस्पर्धा गर्दै

काठमाडौं, २४ चैत। एएफसीकप २०२१ सुरुआती छनोट चरणमा श्रीलंकाली लिग च्यामिपयन श्रीलंका पुलिस स्पोर्ट्स क्लबले बुधबार दशरथ रंगशालामा त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दैछ । मंगलबार सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टिमले त्यस खेलका लागि तयार रहेको र त्यसमा राम्रो प्रदर्शनको उद्देश्य रहेको बताए । घरेलु दर्शकको साथ पाउने अपेक्षा गरिएको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जितसँगै नेपाली फुटबल समर्थकलाई खुसी दिन चाहेको बताए ।

यस्तै कप्तान भरत खवासले पनि प्रशिक्षकको सहमत जनाउँदै टिमको तयारी राम्रो रहेको बताए । उनले टोलीमा राम्रो संयोजन भएको भन्दै भ्रमणकारी टोलीविरुद्ध सुखद् नतिजा निकाल्नेमा विश्वास व्यक्त गरे । श्रीलंका पुलिस एससीका प्रमुख प्रशिक्षक झिलाउ एलपेन्सुले कोरोना भाइरसको महामारीका कारण खेलाडीले ढिलामात्र तयारी गरेको बताए । पहिलो पल्ट एएफसीमा सहभागिता भएको र टोलीमा कोही पनि राष्ट्रिय खेलाडी नभएकाले खेल प्रभावित हुने डर प्रशिक्षकको छ ।

यस्तै कप्तान चमिका कुमाराले छोटो समय तयारी भए पनि राम्रो भएको र सकारात्मक नतिजाका लागि खेल्ने बताए । प्रारम्भिक चरणको खेल एकै लिगको मात्र हुनेछ । श्रीलंकाली टिमको तुलनामा आर्मीको वरियता माथि भएको हुनाले उसले आफ्नो घरेलु मैदानको फाइदा उठाउने मौका पाएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले लासेन्स पाएपछि आर्मीले एसियाली क्लब प्रतियोगिता खेल्न थालेको यो पहिलो पल्ट हो । यसअघि मनाङ मस्र्याङ्दी ०७१ को विजेताका रूपमा एएफसी प्रेसिडेन्ट्सकप खेलेको थियो ।

बुधबारको खेलको विजेताले सात दिनपछि अप्रिल १४ मा भारतको आईएसएल टिम बेंगलुरु एफसीसँग गोवामा प्रतिस्पर्धा गर्नेछ । उक्त खेलको विजेताले पनि अन्तिम समूह चरण पुग्न तेस्रो खेल खेल्नु पर्नेछ र त्यसको स्थानबारे निर्णय हुन बाँकी छ ।

दशरथ रंगशालामा हुने खेलमा बढीमा सात हजार दर्शकले प्रवेश पाउनेछन् । सर्वसाधारणतर्फको टिकटको मूल्य ३ सय र भीआईपीतर्फको टिकटको मूल्य ५ सय रुपैंया राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);