पर्यटन व्यवसायीको भावना अनुरुप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागिपर्दै : पर्यटन मन्त्री ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पर्यटन व्यवसायीको भावना अनुरुप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागिपर्दै : पर्यटन मन्त्री ढकाल

काठमाडाैं, २१ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीहरुको भावना अनुरुप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागिपरेको बताएको छ ।

होटल संघ नेपालको ४७ औं वार्षिक साधारणसभाको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भिर रहेको बताए ।

सरकारले होटल व्यवसायी आफैले बनाएको स्वास्थ्य मापदण्डलाई मन्त्रिपरिषद्बाट पारित गराई यस क्षेत्रलाई चलायमान बनाउन सहयोगी बनेको पनि बताए । पर्यटन क्षेत्रको विकासका लागि आगामी नीति तथा कार्यक्रमबाट सम्बोधन गरिने बताउँदै के कस्ता कार्यक्रम समावेस गर्नुपर्छ सुझाव दिन व्यवसायीहरुसँग आग्रह गरे ।

मन्त्री ढकालले व्यवसायीको सुझाव अनुसार नै कार्यक्रमहरु ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले आन्तरिक पर्यटन मार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय पर्यटन आगमन पूर्ण अवस्थामा नफर्किएसम्म होटल उद्योगलाई चलायमान बनाउन आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखी सरकारले अल्पकालिन र दिर्घकालिन तर्जुमा गर्न माग गरे । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण पर्यटन छेत्र लामो समय बन्द हुन पुग्यो ।

अझैपनि पर्यटन क्षेत्र पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । सरकारले पर्यटन व्यवसायीका लागि पुनरकर्जा र व्यवसाय निरन्तरता कर्जा उपलब्ध गराएपनि सबै व्यवसायीले प्राप्त गर्न नसकेको गुनासो व्यवसायीहरुको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);