काठमाडौं, १९ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिने बताएका छन्। बिहीबार मन्त्रालयले आयोजना गरेको दुरसञ्चार सेवाको पहँुच, प्रवाह तथा गुणस्तर सम्बन्धी अन्र्तक्रियामा बोल्दै मन्त्री गुरुङले दुरसञ्चार सेवा सम्बन्धी समस्याहरुको समाधान गर्दै गुनासाहरुको अन्त्य गरिने बताएका हुन् ।
आफ्नो क्षेत्रमा टावर नपुगेको, इन्टरनेट सेवा नपुगेको लगायतका समस्याहरु बोकेर सांसदहरु नै मन्त्रालय धाइरहनुपर्ने अवस्था रहेको भन्दै मन्त्री गुरुङले त्यस्ता समस्याहरु सँधैका लागि अन्त्य गरिने बताए । गुनासो समाधानका लागि दुरसञ्चार सम्बन्धी सबै सरोकारवाला एकैठाउँमा बसेर समिक्षा गर्नुपर्ने पनि मन्त्री गुरुङको भनाई छ ।
मन्त्री गुरुङले टावर निर्माणको लागि ठेक्का भएर पनि काम हुन नसकेको ठाउँको समिक्षा गर्ने बताए । टावर बनाउनुपर्ने आवश्यकता रहेको ठाउँमा टावर स्थापनाको लागि योजना बनाउने उनको भनाई छ ।




