एएफसीका अध्यक्ष शेख सल्मान नेपालमा | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

काठमाडौँ, २४ असोज । एशियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा आज नेपाल आएका छन् ।

अध्यक्ष खालिफासँगै अन्य एएफसीका अधिकारीहरु दुईदिने भ्रमणका लागि नेपाल आएका छन्। उनीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

अध्यक्ष खालिफाले बुधबार एन्फा हाउसमा अध्यक्ष श्रेष्ठसँग बैठक गर्ने कार्यक्रम रहेको एन्फाले जानकारी दिएको छ ।