एन्फाको अध्यक्ष पदका लागि कर्मा छिरिङकाे उम्मेदवारी घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

एन्फाको अध्यक्ष पदका लागि कर्मा छिरिङकाे उम्मेदवारी घोषणा

काठमाडौं, २७ माघ । कर्मा छिरिङ शेर्पाले अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एन्फाका पूर्व सीईओ तथा ए डिभिजन क्लव संकटाका अध्यक्ष इन्द्रमान तुलाधरको प्रस्ताव तथा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापाले कर्मालाई सर्मथन गरेका छन् । एन्फा अध्यक्षमा यसअघि नै उम्मेदवारी घोषणा गरेका थापाले उम्मेदवारी फिर्ता लिँदै कर्मालाई समर्थन गरेका छन् ।

एन्फाको असन्तुष्ट समूहको नेतृत्व गरिरहेका कर्मा गत वर्ष भएको मध्यावधि निर्वाचनमा अध्यक्ष पदमा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । हिमालयन शेर्पा क्लवका अध्यक्ष रहेका कर्मा त्यसअघि एन्फाका उपाध्यक्ष थिए । एन्फाको नयाँ नेतृत्वका लागि चैत १४ गते निर्वाचन हुँदैछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);