४० वर्षपछि भारतीय जेलबाट रिहा भए दुर्गाप्रसाद तिम्सिना | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

४० वर्षपछि भारतीय जेलबाट रिहा भए दुर्गाप्रसाद तिम्सिना

काठमाडौं, ७ चैत। ४० वर्षभन्दा लामो समय देखि विना कुनै अदालती प्रक्रिया भारतको कारागारमा थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका छन्।
कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न बुधबार साँझ दिएको आदेश अनुसार उनलाई शनिबार रिहा गरिएको हो ।

उनलाई आज भारतको दमदम सेन्ट्रल जेलले कलकत्तास्थित नेपाली महावाणिज्यदुतावासको उपस्थितीमा परिवारको जिम्म लगाइएको हो ।

नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवार देखि शुरु भएको थियो। ४० वर्ष अघि कर्तव्य ज्यान मुद्दामा जेल परेका तिम्सिनाको अभियोग प्रमाणित तथा आदलती प्रक्रिया नै नभई जेल जिवन विताइरहेका हुन् ।

Leave a Reply

ताजा समाचार