४१ वर्षदेखि भारतको जेलमा रहेका दुर्गा घर फर्किए (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

४१ वर्षदेखि भारतको जेलमा रहेका दुर्गा घर फर्किए (भिडियाेसहित)

काठमाडाैं, ८ चैत । ४१ वर्षदेखि भारतको जेलमा सुनुवाइको मौकासमेत नपाई थुनामा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना आइतबार बिहान नेपाल आइपुगेका छन् । तिम्सिनालाई कोलाकाताको उच्च अदालतले शनिबार रिहाइ गरिदिएपछी आफन्तका साथ नेपाल आई पुगेका हुन्।

आइतबार बिहान परिवार, पत्रकार र कोलकत्तास्थित महावाणिज्य दूतावास कार्यालयका प्रतिनिधिका साथ विश्व सेवा बिस्तार संस्थाको पहलमा उनी काँकडभिट्टा हुदै स्वदेश आइपुगेका हुन् स्वदेश आएलगतै झापामा पत्रकार सम्मेलन गरेर उहाँलाई परिवारको जिम्मा लगाईएको र उनलाई इलाम माई नगरपालिका–१० स्थित घर लगिएकोे विश्व सेवा बिस्तार संस्थाले जनाएको छ ।

तपाई के कारणले त्यहाँ पुग्नुभयो?
मर्डर
मर्डर केसले? के तपाईले मान्छे मार्नुभएको थियो र?
थिएन
अनि तपाईलाई सोध्ने खोज्ने कोही पनि गएनन् यतिका वर्षसम्म?
छैन ।

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टरमा रहेका उनी कोलकाता उच्च अदालतको आदेश बमोजिम शनिबार रिहा भएको हुन् । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपरान्ह अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई रिहा गरेको हो ।

अदालतले उनको दिमागी हालत ठिक नभएको भन्दै घरमै राखेर उपचार गर्नसमेत आदेश गरेको छ । क्षतिपूर्तिका सन्दर्भमा भने अदालत मौन छ । दुर्गाप्रसादका पक्षमा बहस गरेका वकिल हिरक सिन्हाका अनुसार हरेक ६÷६ महिनामा उनको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ  ।

Leave a Reply