चूनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको प्रयत्न गरिरहेको : सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

चूनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको प्रयत्न गरिरहेको : सभामुख सापकोटा

काठमाडौं, ७ चैत । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले बिस्तारै लय समात्ने बताएका छन्।

शनिबार जी.पी.कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

संसद छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरुको सामना गर्न प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपायहरु खोजिरहेको बताए । संसदको अनेकौ चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले राजनीतिक पार्टीहरुबीच सहमती र सहकार्य हुन नसकेको भन्दै सहमती साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको तर्क राखे । सांसद प्रधानले राजनीतिक सहमती नभए मुलुकमा अस्थिरता हुनाले देशमा विकास र शान्ति नहुने बताए ।

Leave a Reply

ताजा समाचार