आइसल्याण्डको राजधानी रिकिविक नजिक ज्वालामुखी विस्फोट | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

आइसल्याण्डको राजधानी रिकिविक नजिक ज्वालामुखी विस्फोट

एजेन्सी, ७ चैत । आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रको ज्वालामुखी विस्फोट भएको छ ।

राजधानी रिकिविकबाट करिव ४० किलोमिटरको दुरीमा रहेको रिकिन्स प्रायद्धिपको फाग्राडाल्स्फलमा शुक्रबार राति ज्वालामुखी विस्फोट भएको हो । गएका केही हप्ताहरुमा ज्वालामुखी क्षेत्रमा हजारौँ भूकम्पहरु गएका थिए ।

ज्वालामूखी क्षेत्रमा ठूला पत्थर तथा ढंगाहरु आउन सक्ने तथा पहिरो समेत जान सक्ने भएकाले स्थानीयलाई सचेत गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । आइसल्याण्डको मौसम विभागका अनुसार रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा ज्वालामुखी विस्फोट भएको हो ।

ठूला पत्थर तथा ढुंगाहरु आउन सक्ने तथा पहिरो समेत जान सक्ने भन्दै स्थानीय बासिन्दालाई सचेत पारिएको छ । आइसल्याण्डको मौसम विभागले ज्वालामुखीबाट ठूलो मात्रामा खरानी तथा धुवाँ ननिस्कने अनुमान गरेको छ ।

ज्वालामूखीको अध्ययनका लागि पठाइएको कोस्टगार्ड हेलिकप्टरबाट खिचिएका तस्बीर तथा भिडियोमा रातो लाभा बग्दै गरेको देख्न सकिन्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);