खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित

काठमाडौं, २२ फागुन । उपाधि होडमा रहेको खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित हुँदा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई हराएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज भएको खेलमा खुमलटार श्री भगवती युथ क्लबसँग २–१ ले पराजित हुँदा ब्वाइज युनियनले टुसाल युथ क्लबमाथि १–० को संघर्ष पूर्ण जित निकालेको हो ।

जितसँगै श्री भगवतीले १० खेलमा १२ अंक जोडेको छ । लिगको दोस्रो स्थानको खुमलटारले १० खेलमा २२ अंक जोडेको छ । शनिबारकै अर्को खेलमा ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले ७२औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । मिलनले हेडमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।

Leave a Reply

ताजा समाचार