काठमाडौँ, २३ असोज । स्वास्थ्य क्षेत्रमा सुधारका लागि आमरण अनशन बस्दै आएका चिकित्सक गोविन्द केसीले पछिल्लो समयमा सर्वोच्च अदालतबाट भ्रष्टाचार आरोपितलाई बचाउनेगरी फैसला आउन थालेको भन्दै न्यायपालिकाविरुद्ध कडा आन्दोलनको चेतावनी दिएका छन्।
भ्रष्टाचार विरोधी अभियान्ता केसीले सर्वोच्च आदालतले भ्रष्टाचारको आरोपमा नेपाल आयल निगमको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरिएका गोपला खड्कालाई पुनस्र्थापना गर्ने र प्रक्रिया पुरा नगरी नियक्त गरिएको भन्दै सर्वोच्च आदालतका एघार न्यायाधीसलाई अयोग्य घोषणा गर्ने षडयन्त्र भईरहेको भन्ने समाचार आएपछि यस्तो चेतावनी दिएका हुन्। आजको नागरिक दैनिकमा खबर छ।