वीरगञ्ज सुपरलिग क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८२, बिहीबार

वीरगञ्ज सुपरलिग क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु

राजेन्द्र सिंह
वीरगञ्ज, १३ फागुन ।
नारायणी रङ्गशालाको क्रिकेट मैदानमा बिहीबारबाट वीरगञ्ज सुपरलिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । मुर्ली युवा क्रिकेट क्लब र पर्सा क्रिकेट संघ वीरगञ्जको संयुक्त आयोजना सो प्रतियोगीता सुरु भएको हो ।

प्रतियोगीताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया र प्रदेश सभा सदस्य ओमप्रकास शर्माले व्याटिङ्ग गरि गरेका थिए ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, क्षेत्रीय सचिव अरविन्द गुप्ता, महासमिति सदस्य रामजी चौधरी, महाअधिवेशण प्रतिनिधि जमिला खातुन, वीरगन्ज स्पोर्ट्स क्लबका प्रशिक्षक जहुर अंसारी, क्यान पर्सा अध्यक्ष दाउद अंसारी, वरिष्ठ पत्रकार विजय चौहान, पब्लिक एफ.एमका अनिल सहनी निषाद, एवं वीरगञ्जका खेल प्रेमीहरुको भव्य उपस्थिति रहेको थियो ।

प्रतियोगिता शायद अलिको सभापतित्वमा भएको हो । एक दिवसिय वीरगञ्ज सुपरलिग फागुन १३ देखि २२ गते सम्म हुने बताईएको छ ।

Leave a Reply