सर्लाही, २४ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेपाल पक्षका केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराम वाग्लेको अन्त्येस्टी गरिएको छ ।
सर्लाहीको बागमती खोला किनारमा सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थिए ।
श्रद्धाञ्जली अर्पण गर्दै श्रेष्ठले राजमार्गको जंगलमा संकास्पद रुपमा मृत्यु भएको र त्यसको सत्य तथ्य छनबिन गाराउने समेत प्रतिवद्धता जनाउनुभयो ।




