बिहीबार दाहाल–नेपाल पक्षको आम हड्ताल | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

बिहीबार दाहाल–नेपाल पक्षको आम हड्ताल

काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल पक्षले बिहीबारका लागि आम हड्ताल घोषणा गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ पम्फा भुसालले नयाँ बाध्यतात्मक परिस्थितिका कारण संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नुपरेको बताउनुभयो ।

संवैधानिक निकायका पदाधिकारीलई सपथ खुवाएसँगै दाहाल–नेपाल पक्ष आक्रामक बनेको हो । नेतृ भुसालका अनुसार बिहीबार अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने भएको छ ।

यसअघि नै दाहाल–नेपाल पक्षले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो, तर त्यसमा आमहड्तालको कार्यक्रम भने थिएन । नयाँ घटनाक्रमका कारण नयाँ कार्यक्रम थपिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);