जनताका दुःख,पीडामाथि भाषण गर्नुको अर्थ छैन, सहायक कोषाध्यक्ष उप्रेती | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

जनताका दुःख,पीडामाथि भाषण गर्नुको अर्थ छैन, सहायक कोषाध्यक्ष उप्रेती

२०८१,६,२३
राष्ट्रिय प्रजातान्त्र पार्टी ९राप्रपा० का सहायक कोषाध्यक्ष शोभित उप्रेतीले कुनै पनि विपत्तिमा परेका जनताका दुःख र पीडामाथि भाषण गर्नु दुखेको मनमा थप पीडा दिनु भएको बताएका छन् । उनले दुःखमा परेका जनतासँग सरकार, दल र नेताकार्यकर्ता सँगसँगै भएर सहयोग गर्नु पर्नेमा जोड दिए ।
बाढीपहिरोबाट हप्ता दिनदेखि असाध्यै कष्ट भोगेका जनतालाई सरकारले साथ दिन नसकेको सहायक कोषाध्यक्ष उप्रेतीले आरोप लगाए । काठमाडौं क्षेत्र नं। १ वंशीघाट वस्तीका बाढीपीडितलाई खाद्यान्न वितरण गर्दै सहायक कोषाध्यक्ष उप्रेतीले भने, “पीडामा परेका जनतालाई सहयोग गर्न सरकारको मुख हेरेर वस्न हुँदैन, जसले जे सकिन्छ सहयोग गरिहाल्नु पर्छ ।
उप्रेतीको सौजन्यमा ७८ घर परिवारलाई २५ केजीको एक बोरा चामल र १ किलो दाल वितरण गरिएको थियो । उक्त सहयोग वितरण कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य नविन शाही, बागमती प्रदेश अध्यक्ष भीमसेन पुरू, काठमाडौं क्षेत्र नं। १ का क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठ र राप्रपा वडा नं। ११ का अध्यक्ष विनोद दवाडीलगायत नेताकार्यकर्ताको उपस्थित रहेको थियो । आजसम्म सरकारले कुनै सहयोग नगरेको राहत साहयोग लिन जम्मा भएका बाढी पीडितहरूले बताएका छन ।

Leave a Reply

ताजा समाचार