नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

नुवाकोट, १४ माघ । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।जिल्ल अस्पताल त्रिशुलीमा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै अभियान सुरुवात गरेका हुन् ।

जिसस नुवाकोटका प्रमुख तामाङले जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिटेण्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई पहिलो दिएर अभियान शुरु गरेका हुन् ।कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पुरै विश्व नै कोरोनाको त्रासले बाँचीरहेको अवस्थामा कोरोनाविरुद्धको खोप लगाउन पाउनु गौरवको कुरा भएको बताए । उनले सबैको अथक प्रयासपछि जनतालाई कोरोनाविरुद्धको लडाइँ जिताउन सुरु गरिएको बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले जिल्लामा पहिलो चरणमा २ हजार ४ सय २ जनालाई खोप लगाइने जानकारी दिए। उनले सरकारको निर्णयनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाई मजदुर र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप दिइने बताए ।

घिमिरेले नुवाकोटको त्रिशुली र तादी गाउँपालिकाको खरानीटार अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको बताए । यस्तै जिल्लामै पहिलो खोप लगाएका त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. दिपेन्द्र पाण्डेले कोरोनाविरुद्धको खोपको आफुहरुले लामो समयदेखिको प्रतिक्षा गरिरहेको अवस्थामा खोप लगाउन पाउँदा खुशी व्यत्त गरे ।

उनले कोपको कुनैपनि असर नदेखिने भन्दै यसलाई निर्धक्क लगाउन सकिने बताए ।यस्तै त्रिशुली अस्पतालका स्त्रीरोग विशेषज्ञ डा मधुकर दाहालले कोरोनाविरुद्धको खोपले कुनैपनि साइटइफेक्ट नदेखाउने भन्दै कुनै समस्या देखिएमा आफुहरु उच्च सर्तकता अपनाएर बसीरहेको बताए । कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पछिल्लो समय त्रिशुली अस्पतालले भौतिक र जनशत्तिका क्षेत्रमा व्यापक सुधार गरेको भन्दै खुशी व्यक्त गरे ।

उनले सबैको साझा पहलले जिल्ला अस्पताल त्रिशुलीमा अहिले ११ जना विशेषज्ञ डाक्टहरुले सेवा दिइरहेकोले सबैले अस्पताल सुधार्न लाग्नुपर्ने बताए । हालसम्म नुवाकोटमा एकहजार एक सय २६ जना कोरोना संक्रमित भेटिएका छन् भने एक हजार २४ जना निको भएर घर फर्किएका छन् । नुवाकोटमा कोरोनाको कारण एक महिलाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यसैबिच आजै त्रिशुली अस्पतालमा टोकन सिस्टम लागु गरिएको छ । नुवाकोट,रसुवा र धादिङका सेवाग्राहीहरुको धेरै भिड लाग्ने भएपछि अस्पतालमा टोकन सिस्टम लागु गरेको हो । टोकन सिस्टम लागु भएसँगै अस्पतालमा लाइन व्यवस्थित हुने अस्पतालले जनाएको छ ।

Leave a Reply