माओवादी केन्द्र सरकारबाट हट्नुपर्छ : खड्का | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

माओवादी केन्द्र सरकारबाट हट्नुपर्छ : खड्का

काठमाडौं, १९ असोज । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले माओवादी केन्द्रलाई सरकारबाट हट्न दबाव दिएका छन् ।

नेता खड्काले सरकारबाट नहट्ने तर विपक्ष एमालेसँग पार्टी एकीकरण गर्ने माओवादी केन्द्रको निर्णय कुनै पनि अर्थमा मान्य नहुने बताए ।

विहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारमा रहि रहने तर विपक्ष एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने माओवादी केन्द्रको निर्णयलाई अराजक गतिविधिको संज्ञा दिँदै त्यस्ता खालका गतिविधि मान्य नहुने चेतावनी दिए ।

नेता खड्काले माओवादी केन्द्रले साथ नदिँदा सरकारबाट हटन परे पनि आफ्नो पार्टी तयार रहेको उल्लेख गरे । उनले सत्तारुढ दलले विपक्ष दलसँग सहकार्य गरेर जाने कुरा लोकतान्त्रिक मूल्य, मान्यता अनुकूल नरहेको तर्क पेश गरे ।

काँग्रेस नेता खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बहकिएर एमालेको षडयन्त्रको जालोमा फसेको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);