सबैभन्दा ठूलो लागुऔषध समुहका नाइके भएको आरोप लागेका एक व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

सबैभन्दा ठूलो लागुऔषध समुहका नाइके भएको आरोप लागेका एक व्यक्ति पक्राउ

एजेन्सी, ११ माघ । विश्वको सबैभन्दा ठूलो लागुऔषध समुहका नाइके भएको आरोप लागेका एक व्यक्ति नेदरल्यान्ड्समा पक्राउ परेका छन् ।

अस्ट्रेलियाद्वारा जारी पक्राउपुर्जीका आधारमा नेदरल्यान्ड्सका प्रहरीले सो चि लपलाई पक्राउ गरेको हो । विश्वमा सबैभन्द बढी खोजी गरिएका फरार अभियुक्तमध्येका १ मानिने लपलाई एम्स्टडर्मस्थित स्किपोल विमानस्थलबाट पक्राउ गरिएको हो ।

यसअघि लागु औषध ओसारपसारको आरोपमा सन् १९९० मा अमेरिकामा पक्राउ परेपछि उनले नौ बर्ष जेलमा बिताएका थिए । एक दशक अघिदेखि प्रहरीको निगरानीमा रहेका लप शुक्रबार पक्राउ परेका हुन् ।

अस्ट्रेलियाले आफ्नो देशमा उनीमाथि मुद्धा चलाउन उनको सुपुर्दगी गराउन खोजिरहेको छ । चीनमा जन्मिएका क्यानडाली नागरिक सो चि लपलाई ’द कम्पनी’का प्रमुख भएको मानिन्छ ।

Leave a Reply