अस्ट्रेलिया विरुद्धको चौथो तथा अन्तिम टेस्ट क्रिकेट ३ विकेटबाट जितेर भारतले श्रृखला कब्जा गरेको छ । मंगलबार पाचौं तथा अन्तिम दिन जितका लागि ३ सय २८ रनको लक्ष्य भारतले ७ विकेट गुमाएर पुरा गरेको हो ।
अस्ट्रेलियाको ब्रिसबनमा भारचका रिषभ पन्तले अविजित ८९ रन बनाएपछि भारतले रोमाञ्चक जित हात पारेको हो । यो टेस्टको दोस्रो इनिङमा अस्ट्रेलियाले २ सय ९४ रन बनाएपछि भारतले ३ सय २८ रनको लक्ष्य पाएको हो ।
भारतको जितमा शुभमन गिलको ९१, चेतेश्वर पुजाराको ५६ र अजिन्क्या रहानेको २४ रन पनि मशत्वपुर्ण रह्यो । अस्ट्रेलियाका भएको ४ वटा टेस्ट क्रिकेटको श्रृखला अन्तर्गत पहिलो खेल अस्ट्रेलीयाले, दोस्रोखेल भारले जितेकाे थियाे भने तेस्रो खेल बराबरीमा रहेको थियो ।