त्रिवि र आंशिक प्राध्यापक संघबीच सात बुँदे सहमति | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

त्रिवि र आंशिक प्राध्यापक संघबीच सात बुँदे सहमति

काठमाडौं, २५ पुष । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक संघबीच सात बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।

विश्वविद्यालय र संघबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह करारमा नियुक्ति दिने सहमति भएको छ ।

यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाटे पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने भएका छन् ।

यस्तै एक शैक्षिकसत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी नियम संशोधन गर्न विश्वविद्यालयले प्रक्रिया अघि बढाउने पनि सहमति भएको बताइएको छ । हाल त्रिविमा करीव दुई हजार आंशिक प्राध्यापक छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);