काठमाडौं, ८ पुष । संवैधानिक इजलासमा रहेको न्यायायाधीहरुको बहुमतका आधारमा फैसला गर्ने व्यवस्था छ ।
नेपालको संविधान २०७२ को धारा १३३ अनुसार सर्बोच्च अदालतले प्रधानन्यायाधीश नेतृत्वमा अन्य चार न्यायाधीश सदस्य रहने व्यवस्था गरेको छ । तर ती न्यायाधीशको नियक्ति प्रधानन्यायाधीशको शिफारिसमा न्याय परिषदले गर्ने उल्लेख छ।
प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमा पनि यही नजिर लागु हुने भएको छ । यसमा ईजलासका न्यायाधीशले अलगै राय दिन सक्ने भएपनि बहुमतका आधारमा फैसला दिने उल्लेख छ।
शुक्रबार सबैधानिक ईजालसले गर्ने प्रतिनिधिसभा बिघटनविरुद्धको रिटको आदेश अन्तिम हुने छ।




