लोकतन्त्रवादी शक्तिहरु मिल्नुको विकल्प छैन : कांग्रेस महामन्त्री कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

भैरहवा, १७ असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानुको विकल्प नभएको बताएका छन्।

नेपाल प्रेस युनियन रुपन्देहीले भैरहवामा गरेको पत्रकार भेटघाटमा महामन्त्री कोईरालाले सत्ता गठबन्धनमा सहभागि दलहरु आसन्न निर्वाचनमा पनि मिलेर जानुपर्ने बताएका हुन्।

लोकतन्त्रवादी शक्ति मिलेर अघि बढेमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि अढ्न सक्ने बताउँदै उनले त्यसका लागि सबैको भूमिका महत्वपूर्ण रहेको बताए।

समृद्ध राष्ट्र निर्माणका लागि आगामी दिनमा पनि काँग्रेसको सरकार आवश्यक रहेको बताउँदै प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली कांग्रेसलाई अग्रपंक्तिमा पुर्‍याउन उनले आग्रह समेत गरे।

ताजा समाचार