‘युवासँगै नयाँ शक्ति मिलेर जानु एक र अन्तिम विकल्प’ | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

‘युवासँगै नयाँ शक्ति मिलेर जानु एक र अन्तिम विकल्प’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौंमा महानगरपालिकाका प्रमुख बालेन्द्र साहले वैकल्पिक शक्तिहरु मिलेर जानुको विकल्प नरहेको भन्दै युवा शक्ति मिलेर जाने प्रस्ताव गरेको बतनाउनुभएको छ ।

नेता शाहीले महानगर प्रमुख शाहसँग चरण चरणमा छलफल भएको पुष्टि गर्दै नयाँ शक्ति र युवाहरु एकीकृत भएर जाने विषयमा छलफल भएको बताउनुभयो । उहाँले मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरु मिलेर जानु नै अन्तिम विकल्प भएको बताउनुभयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा पकड बनाउने गरी वैकल्पिक शक्तिहरु मिल्नुपर्नेमा आफ्नो जोड रहेको पनि बताउनुभयो ।

उहाँले निर्वाचनको लागि मात्रै नभई मुलुकको दीर्घकालिन हितका विषयहरुलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्ने आफ्नो धारणा रहेको समेत बताउनुभयो । शाहीका अनुसार भेटघाटमा देश निर्माणका लागि विभिन्न युवाशक्ति र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्ने सम्भावनाबारे छलफल छ । उहाँले तत्काल कुनै निश्चित निर्णय भइनसकेको भन्दै राजनीतिक सहकार्यको टुंगो लागिसकेपछि थप विषय सार्वजनिक हुने बताउनुभयो ।

शाहीले राम्रा मान्छेहरु नमिलेकै कारण मुलुकले सामाजिक आर्थिक समृद्धि हासिल गर्न नसकेको टिप्पणी पनि गर्नुभयो ।

Leave a Reply