नयाँ र वैकल्पिक शक्तिहरु एक हुँदा मेरो समर्थन रहन्छ : डा. भट्टराई | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

नयाँ र वैकल्पिक शक्तिहरु एक हुँदा मेरो समर्थन रहन्छ : डा. भट्टराई

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
ललितपुरकाे ज्वागलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँगको भेटपछि यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले आफू नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिन आएको बताउनु भयो । उहाँले वैकल्पिक शक्तिहरु एक हुँदा आफ्नो समर्थन रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ र वैकल्पिकहरु जति पनि छन्, एक भएर अघि बढ्नुस्, मेरो समर्थन रहन्छ भनेँ ।’

प्रमुख साहलाई भेट्न विभिन्न राजनीतिक दलका नेताहरु ज्वागल पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि, शिशिर खनाल लगायतका नेताहरुले छलफल गरेका छन् । साहसँग अन्तरिम सरकारका मन्त्री एवं उल्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, नेपाली काँग्रेस नेता डा. सुनिल शर्मा, नेता अमरेशकुमार सिंह लगायतका नेताहरुले पनि साहलाई भेटेका छन् ।

नयाँ राजनीतिक शक्तिहरु एक भएर आगामी निर्वाचनमा जानुपर्ने भन्दै उनीहरुको भेट भएको हो ।

Leave a Reply