शेयरबजार नेप्से सूचकले निरन्तर नयाँ उचाई लिंदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

शेयरबजार नेप्से सूचकले निरन्तर नयाँ उचाई लिंदै

stock-nepse-market

काठमाडौं, २६ कार्तिक । कारोबार रकम चुलिंदै जाँदा शेयरबजार नेप्से सूचकले निरन्तर नयाँ उचाई लिंदै गएको छ । बुधबार बजारले १७ सय विन्दुलाई समेत पार गरेको छ । नेप्से सूचक २८.८९ अंकले बढेर १७०७.६७ विन्दुमा पुगेको छ ।

१ सय ९५ कम्पनीका १ करोड २५ लाखभन्दा बढी कित्ता कारोबार भएको छ । ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.२३ अंकले बढेको छ ।

बुधबार वित्त समूहबाहेक सबै समूहको सूचक उकालो लागेको छ । वित्त समूहको परिसूचक भने २.८६ अंकले ओरालो लाग्यो । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ३३९.३२ अंकले बढेको छ ।

नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा बढीको कारोबार हुँदा शेयर कारोबारका आधारमा भने सानिमा इक्विटी फण्ड अगाडि रहेका छन । बुधबार साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा आइसीएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन ।।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);