उपत्यकामा १५ सय ३५ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

उपत्यकामा १५ सय ३५ जनामा कोरोना संक्रमण

kathamandu

काठमाडौं, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ३५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६२९ महिला र ९०६ पुरुष गरी जम्मा १५ सय ३५ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १५ सय ३५ जनासहित २८ सय ५६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भयो ।

Leave a Reply