सिन्धुलीमा लागु औषधसहित दुईजना युवा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सिन्धुलीमा लागु औषधसहित दुईजना युवा पक्राउ

सिन्धुली,२ कार्तिक । सिन्धुलीमा लागु औषधसहित दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–३ बस्ने ३१ बर्षिय राजेश राम र २९ बर्षिय राम अयोध्या छन् । उनिहरुलाई बर्दिबासबाट काठमाडौँ तर्फ जाँदै गरेको ना.१ज.६८१७ नम्बरको सुमो गाडी चेकजाँच गर्ने क्रममा वीपी राजमार्ग अन्र्तगत पर्ने सुनकोशी गाउँपालिका–१ दुम्जाबाट पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उनिहरुको साथबाट प्रहरीले नाईट्रोभेट ५० पत्ता १५०० पिस,एम्पुल डाईजोपाम ८२५ पिस, नोर्फिन ९२६ पिस , फिनारगन ८०६ पिस गरी जम्मा ४०५७ पिस लागुऔषध नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रिले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);