कोरोना रोकथाम तथा नियत्रणका लागि सरकार गम्भिर नभएको नेपाली कांग्रेसको आरोप | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कोरोना रोकथाम तथा नियत्रणका लागि सरकार गम्भिर नभएको नेपाली कांग्रेसको आरोप

काठमाडाैं, ३० असाेज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियत्रणका लागि सरकार गम्भिर नभएको भन्दै आन्दोलन गर्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोरोना रोकथाम तथा नियत्रणका लागि गम्भिर नभएको भन्दै दशैं लगत्तै विरोधका औपचारीक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताउनुभएको हो । शुक्रबार कांग्रेसले गठन गरेको कोरोना सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दशैं लगत्तै संसद भित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताउनुभएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा कांग्रेसले गठन गरेको कोरोना अनुगमन समितिका संयोजक प्रकाशसरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जिवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशिल नभएको बताउनुभयो । उहाँले सरकारलाई जिम्मेवार बनेर काम गर्न समेत माग गर्नुभयो ।

कांग्रेसद्धारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिहरुसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिदा समेत सरकार गम्भिर नबनेको निष्कर्ष निकालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);