नेइमारको दैनिक कमाई १ करोड २३ लाख | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

काठमाडौँ, १० असोज । बार्सिलोनाबाट लिग वान क्लब (पिएसजी) गएका खेलाडी नेइमारको दैनिक आम्दानी १ करोड २३ लाख (नेपाली रुपैयाँ) भन्दा बढि छ।

भर्खरैमात्र बार्सिलोनाबाट पिएसजी गएका उनी विश्वकै महंगा खेलाडीको रुपमा चिनिन्छन्। फुटबल लिक्स र डेर स्पिगलले स्पेनिस पत्रिका मार्काले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पिएसजीमा नेइमारको आम्दानी महिनाको ३० लाख ६९ हजार ५ सय २० युरो (३७ करोड ९३ लाख ४८ हजार ९८ रुपैयाँ) रहेको दाबी गरिएको छ।

यसको अर्थ नेइमारले एक घण्टामा चार हजार युरो ९४ लाख ९४ हजार ३ सय ४१ रुपैयाँ० तथा एक दिनको एक लाख युरो (१ करोड २३ लाख ५८ हजार ५ सय ४७ रुपैयाँ) हो।