राजविराज, ८ असोज । पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट आइतबार एक जनाको मृत्यु भएको छ ।
मे ८ प ४४१० नं. को मोटर साइकलले ठक्कर दिँदा सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा निवासी ६० वर्षीया आशादेवी साहको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उनलाई बाटो काट्ने क्रममा सो मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छन् ।