कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै

काठमाडाैं, ३० भदाै । पर्यटकीय नगरी पोखराको फेवाताल स्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । सात वर्ष अघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका ती मूर्तिहरु अहिले संरक्षणको अभावमा छरपस्ट छन भने दिन प्रतिदिन जिर्ण बन्दै गएका छन् ।

ढुंगाबाट मूर्ति बनाउने विश्वका प्रसिद्ध मूर्तिकारहरु थेउरी लयरसको टिम र नेपालका मूर्तिकारहरुको संयुक्त पहलमा मूर्ति निर्माण भएको थियो । पार्कमा नाग,साँढे, प्रसव बेथामा रहेकी महिला, पात, मानिस, बुद्ध, हिमाल लागयतमा मूर्तिहरु निर्माण गरिएको थियो । त्यसैगरी महत्वपूर्ण मूर्ति रहेको कोमागाने पार्क पनि संरक्षणको अभावमा गाईवस्तु चरन क्षेत्रको रुपमा परिणत भएको छ ।

पार्क अहिले स्थानीय तह अन्तर्गत पोखरा महानगरपालिकाको जिम्मामा छ । तर अहिले सम्म महानगरपालिकाले पार्कको व्यवस्थापन र मूर्तिको संरक्षणमा ध्यान दिएको छैन । महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले भने पार्कको व्यवस्थापन र कलात्मक मूर्तिहरुको संरक्षणका लागि महानगरपालिकाले छिट्टै काम सुरु गर्ने बताउनुभयो ।

पार्कमा १४ वटा मूर्ति रहेका छन् । जुन मुर्तिहरु सात वर्ष अघि करिब १ करोड लगानीमा नेपाल प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषद्को समन्वयमा १४ जना मूर्तिकारहरुले निर्माण गरेका थिए ।

Leave a Reply