काठमाडौं, १८ भदौ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।
रातो मच्छिन्द्रनाथ रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि ललितपुर प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।