सिन्धुपाल्चोक, १० भदौ। सभामुख अग्निप्रसाद सापकोटाले संकटको बेलामा नेतृत्वको परीक्षण हुने बताउनुभएको छ। सिन्धुपाल्चोक जुगल गाउपालिका २ लिदी पहिरो विस्थापितलाई भेटेर सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।
लिदीमा पहिरोबाट विस्थापित भएका १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बासखर्क पुगेर सभामुखले संकटको बेलामा आफ्नो नेतृत्वको परीक्षण हुने बताउनसभयो ।
जनतालाई संकट परकाको बेलामानै नेतृत्वको परीक्षण हुन्छ। तर, कहिलै पनि दुख र संकटको बेलामा साथ नछाड्ने प्रतिबद्धता गर्दछु उहाँले भन्नुभयो, दुःखमा साथ दिन आएको हौं यो सुरुवात मात्र हाे।
सरकार जनताको पक्षमा रहेको हुनाले सधैं जनताको साथमा छ। तपाईंको लागि जग्गा प्राप्तिको लागि पहल गर्न प्रधानमन्त्रीसंग भेटेर छलफल गर्छु उहाँले भन्नुभयो, संकटको बेलामा बालबालिका र वृद्धवृद्धा जोखिममा रहने भएकाले तीनको व्यवस्थापन पहिले गर्नुपर्छ।
सभामुख सापकोटासँगै विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भुगर्भविद लेखप्रसाद भट्ट सहित सिन्धुपाल्चोकको बाँसखर्क पुग्नुभएको थियो । बाँसखर्क पुगेर सापकोटाले स्थानीय तहका जनप्रतिनिधि मार्फत थप राहत सामग्री हस्तान्तरण समेत हस्तान्तरण गर्नुभएको छ ।




