वीरगञ्ज अपडेट : अग्रस्थानमा रहेको कांग्रेसले ६७१५ मत ल्याउँदा अन्य दलको कति ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

वीरगञ्ज अपडेट : अग्रस्थानमा रहेको कांग्रेसले ६७१५ मत ल्याउँदा अन्य दलको कति ?

काठमाडौँ, ७ असोज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। शनिबार साढे १० बजेसम्मको मतपरिणाम अनुसार वीरगन्जको मेयरका लागि काँग्रेस उम्मेदवार अजय द्धिवेदी ६७१५ मत सहित अग्रस्थानमा छन्।

 

त्यस्तैगरी संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगी ६५०४ मत सहित दोस्रो स्थानमा छन् भने तेस्रो स्थनमा रहेको राजपाका उम्मेदवार राजेशमान सिँहले ५०४७ मत ल्याएका छन्। अहिले प्राप्त पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र ३५४६, नेकपा (एमाले) ३२६०, नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारले २४१४ मत पाएका छन्।

 

 

 

 

 

 

ताजा समाचार