ऋणीलाई ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

ऋणीलाई ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध हुने

maudrik niti governer

काठमाडौं, २ साउन । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा कार्यक्रम सरल रुपमा कार्यान्वयन हुने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक कार्यक्रममा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट तोकिएका क्षेत्रमा यस्तो कर्जा ऋणीलाई ५ प्रतिशत ब्याजदरमा उपलब्ध हुने बताउनुभयो ।

गभर्नर अधिकारीले सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्नुका साथै लक्षित क्षेत्र र वर्गमा कर्जामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले वाणिज्य बैंकले कम्तीमा ५०० वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रिय स्तरका विकास बैंकले कम्तीमा ३०० वा न्यूनतम प्रति शाखा ५ मध्ये जुन बढी हुन्छ सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिने बताउनुभयो ।