संखुवासभा, २८ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो जाँदा ८ घर बगाएको छ भने ११ जना बेपत्ता भएका छन्। सिलिचोङ गाउँपालिका वडा नम्बर एक बेसिन्दामा भीम बहादुर राईसहित आठ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।




