आगामी तीन दिन देशभर बदलीसंगै वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

आगामी तीन दिन देशभर बदलीसंगै वर्षाको सम्भावना

काठमाडौं, २७ असार । आगामी तीन दिन देशभर बदलीसंगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने जनाएको हो ।

हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ । सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नम्बर एक, दुई, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको विभागले जनाएको छ ।

आइतबार देशैभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश एक,दुई, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले सबै प्रदेशका केही स्थानमा वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने र पहाडी क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले आवश्यक सतर्ककता अपनाउन पनि सबैमा आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);