काठमाडौं, २५ असार । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रतितोला पुगेको छ ।
बुधबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो । ।
यसअघि सुनको मूल्य ९१ हजार ७०० रुपैयाँसम्म पुगेर घटबढ हुँदै आएको थियो । त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ९ सय ६५ र चाँदी प्रतितोला ९ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।