सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, आज तोलाको ७० हजार | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, आज तोलाको ७० हजार

gold and silver

काठमाडौं, २३ साउन । नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ७० हजार पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अन्तराष्ट्रिय बजारमा प्रतिऔस ११ अमेरिकी डलर बढेपछि नेपालमा ७० हजार रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य ६९ हजार ७ सय पुगेको छ । मंगलबार प्रतितोला ६८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा बुधबार एकदिनै १५ सय रुपैयाँ बढेको थियो ।

बिहीबार पनि सुनको मूल्यमा ५ सय रुपैयाँ वृद्धी भएको छ । यो मूल्य अर्को रेकर्ड हो । मंगलबार अन्तराष्ट्रिय बजारमा प्रतिऔस १४ सय ५९ अमेरिकी डलरमा कारोबार भएको थियो। बुधबार बढेर प्रतिऔस १४ सय ८६ अमेरिकी डलर पुगेको थियो भने बिहिवार त्यो बढेर १४ सय ९७ डलर ९९ सेन्ट पुगेको छ । व्यवसायीका अनुसार न्युर्योक बजारले २०१९ को अन्तसम्म सुन प्रतिऔस १५ सय डलर पुग्ने प्रक्षेपण गरेको छ ।

ताजा समाचार