प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न- 'हटाउने उचित बेला चैं कैले रच हँ'? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न- ‘हटाउने उचित बेला चैं कैले रच हँ’?

baburam and oli

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सामाजिक संजालमार्फत् प्रश्न गर्नुभएको छ। भट्टराईले बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था संविधानमा नभएको बताउनु भएको छ।

भट्टराईले ट्वीटमार्फत भन्नुभएको छ, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन तर अहिले हटाए नक्सा छापेको करणले हुने भोलि सलहले दुख दिएको बेला हुने ? पछि बाढीपहिरो आएको बेला हुने ? अलिपछि दसैं तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ? उचित बेला चाहिँ कैले रच हँ ?’

baburam tweet

६९ औं मदन जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेका सरकारलाई हटाउन विभिन्न खेल सुरु भएको बताउनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);