भूमि समस्या बाहेकका विषयमा छलफल नै गर्न पाइएन : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

भूमि समस्या बाहेकका विषयमा छलफल नै गर्न पाइएन : मन्त्री अर्याल

mantri aryal new

काठमाडौं, १४ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आफूले मन्त्रालयमा आएदेखि भूमि समस्या बाहेकका विषयमा छलफल गर्न नपाएको गुनासो गर्नुभएको छ ।

संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा मन्त्री अर्यालले भूमिको समस्या बाहेकका विषयमा एकदिन पनि छलफल गर्न नपाएको गुनासो गर्नुभएको हो । उहाँले भूमिको सन्दर्भमा अहिलेसम्म धेरै नै बिगारिएको र बेथिति रहेको भन्दै त्यसलाई सुधार्न आफु लागिपरेको दाबी गर्नुभयो ।

मन्त्री अर्यालले गुठी जग्गाको सन्दर्भमा पनि धेरै नै विवादहरु रहेको र त्यसलाई कानून निर्माण नगरिकन व्यवस्थित गर्न नसकिने स्पस्ट पार्नुभयो । सरकारले एकीकृत कानून निर्माणका लागि समिति गठन गरेर अध्ययन गरिराखेको र गुठीयारहरुको भावनालाई समेटेर नै कानून आउने मन्त्री अर्यालको भनाई छ ।

मन्त्री अर्यालले संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र गुठी संस्थानबीच पनि विवाद हुने गरेको बताउनुभयो । मन्त्री अर्यालले मन्त्रालयले गुठी संस्थानको स्वीकृति बिनानै जग्गाको प्रयोग गर्दा विवाद उत्पन्न भएको जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);