सिटीले लिभरपुललाई 'गार्ड अफ अनर' दिने | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सिटीले लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने

city guard of honour

एजेन्सी, १४ असार । म्यानचेस्टर सिटीले घरेलु मैदानमा इंग्लिस प्रिमियर लिग च्याम्पियन टिम लिभरपुललाई ’गार्ड अफ अनर’ दिने भएको छ । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले आगामी साता घरेलु मैदानमा लिभरपुललाई ’गार्ड अफ अनर’ दिने बताएका हुन् ।

लिगको दोस्रो स्थानमा रहेको सिटीले इतिहाद स्टेडियममा आगामी जुलाई ३ मा लिभरपुलसँग खेल्नेछ । उक्त खेलअघि सिटीले नयाँ लिग च्याम्पियनलाई ’गार्ड अफ अनर’ दिने निश्चित भएको ग्वार्डिओलाको भनाई छ ।

लिग अन्तर्गत गत बिहिबार राति सिटी चेल्सीसँग २–१ ले पराजित भएपछि लिभरपुलले लिगको उपाधि जितेको थियो । लिभरपुलले ३० वर्ष पछि पहिलो पटक लिग जितेको हो । यस अघि लिभरपुलले सन् १९८९ र ९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);