विश्वमा कोरोना संक्रमितको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्वमा कोरोना संक्रमितको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम

WHOL

एजेन्सी, ८ असार । विश्वमा कोरोना संक्रमितको दैनिक वृद्धिले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो १ दिनमा कोरोना संक्रमितको संख्या १ लाख ८३ हजार नाघेसँगै नयाँ रेकर्ड कायम भएको विश्व स्वास्थ्य संगठन डब्ल्यु एच ओले जानकारी दिएको हो ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ८७ लाख ८ हजार छ भने ४ लाख ६१ हजार बढीको मृत्यु भइसकेको छ । मृतक मध्ये दुई तिहाई अमेरिकाका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो १ दिनमा सबैभन्दा धेरै ब्राजिलमा ५४ हजार ७ सय अमेरिकामा ३६ हजार ६ सय र भारतमा १५ हजार ४ सय बढी संक्रमित फेला परेका छन् ।

अमेरिकामा संक्रमितको संख्या २३ लाख ५६ हजार र ब्राजिलमा १० लाख भन्दाबढी पुगेको छ । यसैबीच अमेरिकामा कोरोना परीक्षण प्रक्रिया सुस्त पारिएको छ ।

चुनावी ¥यालीकै क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावी अभियानका क्रममा २ करोड ५० लाख जनताको कोरोना परीक्षण गरिसकेको अवस्थामा २२ लाख संक्रमित फेला परेको भन्दै विरामीको संख्या पनि त्यतिकै बढेको प्रतिक्रिया दिएका थिए । अमेरिकी नागरिकहरुले भने परिक्षण गति सुस्त पारेको भन्दै विरोध गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);