मौद्रिक नीति विस्तारित प्रकृतिको ल्याउन उद्योगी व्यवसायीको जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मौद्रिक नीति विस्तारित प्रकृतिको ल्याउन उद्योगी व्यवसायीको जोड

money

काठमाडौं, ६ असार । आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति विस्तारित प्रकृतिको आउनुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । उर्जाको ब्याजदर घटाउने, कर्जाको पुर्नतलिकीकरण गर्ने र रिफाइनान्स गर्ने गरी विस्तारित प्रकृतिको मौद्रिक नीति आवश्यक रहेको उद्योगी व्यवसायीहरुले सुझाव दिएका छन् ।

कोरोना महामारीका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्न बजारमा तरलता प्रवाह बढाउन मौद्रिक नीतिमा आवश्यक प्रावधानहरु समावेश हुनेमा उद्योगी व्यवसायीहरु विश्वस्त रहेका छन् । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले विस्तारित प्रकृतिको मौद्रिक नीति आवश्यक रहेको बताउनुभयो । विस्तारित मौद्रिक नीतिले मात्रै प्रतिस्पर्धी अर्थतन्त्रको विकास हुने अग्रवालको दाबी छ ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कारोनाका कारण देखिएको असाधारण परिस्थितिमा त्यसलाई सम्बोधन गर्ने किसिमको मौद्रिक नीति आउनुपर्नेमा जोड दिनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा गम्भीर असर परेको र बजेटले उपयुक्त सम्बोधन गर्न नसकेको भन्दै उद्योगी व्यवसायीहरु मौद्रिक नीतिबाट आफ्नो समस्या सम्बोधन हुनेमा विश्वस्त देखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);