७ वटा आयोजनाको लागि १ खर्ब ८५ अर्बको लगानी स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

७ वटा आयोजनाको लागि १ खर्ब ८५ अर्बको लगानी स्वीकृत

काठमाडौं, ६ असार । सरकारले नेपालमा १ खर्ब ८५ अर्ब ४३ करोडका ७ वटा आयोजनाको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको शुक्रबारको बैठकले ५ वटा हाइड्रोपावर र २ वटा सिमेन्ट उद्योगका लागि १ खर्ब ८५ अर्ब ४३ करोडको लगानी स्वीकृत गरेको हो ।

स्वीकृत भएका लगानीमध्ये कुल ५९१.२ मेगावाट क्षमताका ५ वटा हाइड्रोपावर कम्पनीको लागि हो भने बाँकी २ वटा सिमेन्ट उद्योगको लागि हो । कुल लगानी रकममध्ये १ खर्ब ३७ अर्ब ५३ करोड रुपैंया बराबर लगानी हाइड्रोपावरमा तथा बाँकी ४७ अर्ब ५५ करोड रुपैयाँ बराबरको लगानी सिमेन्ट उद्योगको लागि स्वीकृत गरिएको हो ।

हाइड्रोपावर अन्तर्गत ३२७ मेगावाट क्षमताको अपर मर्स्याङ्दी हाइड्रोपावर–२ का लागि ७८ अर्ब ६५ करोड, ४२.९ मेगावाट क्षमताको आँखुखोला हाइड्रोपावरका लागि ६ अर्ब ३० करोड, ५७.३ मेगावाट क्षमताको म्याग्दीखोला हाइड्रोपावरका लागि १० अर्ब ३१ करोड, ९७.२ मेगावाटको इसुवाखोला हाइड्रो इलेक्ट्रिकका लागि १३ अर्ब ९७ करोड तथा १६४ मेगावाटको कालीगण्डकी गोर्जे हाइड्रोपावरका लागि २८ अर्ब ३० करोडको लगानी स्वीकृत भएको हो ।

सिमेन्टतर्फ दाङ सिमेन्ट परियोजनाका लागि ३२ अर्ब ५० करोड तथा सम्राट सिमेन्टका लागि १५ अर्ब ५ करोड रुपैयाँको लगानी स्वीकृत गरिएको छ । लगानी तथा प्रविधि हस्तान्त्ररणसम्बन्धी ऐन अनुसार ६ अर्ब वा सोभन्दा बढी लगानीको स्वीकृति लगानी बोर्डबाट गर्नेपर्ने प्रावधान अनुसार ती उद्योगहरुले लगानीको स्वीकृतिका लागि बोर्डमा निवेदन दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);