उक्साइएको खण्डमा जुनसुकै हालतमा पनि निर्णायक जवाफ दिन्छौ : मोदी | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

उक्साइएको खण्डमा जुनसुकै हालतमा पनि निर्णायक जवाफ दिन्छौ : मोदी

modi

एजेन्सी, ३ असार । चीन भारतबीचको सीमा विवादमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक धारणा सार्वजनिक गर्नुभएको छ । आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले देशको सेवाका लागि सैनिकहरुको महान बलिदानका लागि नमन गर्ने बताउनु भयो । सहिदको बलिदान खेर जान नदिने बताउँदै मोदीले देशलाई भरोसा दिलाउनु भयो ।

प्रधानमन्त्री मोदीले भारतको अखण्डता र सम्प्रभुता सर्वौच्च भएको बताउदै हाम्रो अखण्डताको रक्षा गर्नबाट कसैले रोक्न नसक्ने बताउनुभयो । भारतको अखण्डताको बारेमा कसैले पनि भ्रम वा संदेह गर्नुनपर्ने पनि बताउनु भयो। भारतले शान्ती चाहेको मोदीले बताउनुभयो । उहाँले भारत कसैको उक्साहटमा नलाग्ने बताउदै आवश्यक परे भारतले यथायोचित जवाफ दिन सक्षम रहेको पनि बताउनु भयो ।

भारत र चीनबीच लद्दाखको सीमावर्ती क्षेत्रमा भएको झडपमा मृत्यु हुने भारतीय सैनिकको मृत्यु भएको थियो। भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबीच तनाव हुँदै आएको छ । कम्तिमा पछिल्लो ४५ वर्षमा भारत–चीन सीमा विवादलाई लिएर भएको भिडन्तमा पहिलोपटक मानवीय क्षति भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);