राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतले स्वकिृत | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८१, बुधवार

काठमाडौं, ३२ जेठ । सरकारले नयाँ नक्सा बमोजिम ल्याएको संबिधान संशोधन बिधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन,न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान संशोधन विधेयकको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यसपछि राष्ट्रिय सभामा सांसदहरूले विधेयकमाथि सैद्धान्तिक छलफल गरेका थिए ।

छलफल पछि भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर जारी गरिएको नेपालको नक्सा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बिधेयक स्वीकृत अघि सांसदहरूले सैद्धान्तिक छलफलमा भाग लिने क्रममा भारतबाट अतिक्रमित क्षेत्र नक्सामा राखिएको र आगामी दिनमा नेपालको भोगचलनमा ल्याउनका निम्ति सरकारले कूटनीतिक पहललाई तीव्र र दरिलो पार्नुपर्ने सुझाव दिएका थिए ।

सांसदहरूले सैद्धान्तिक छलफलका क्रममा उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तुम्बाहाङ्फेले राष्ट्रियताका सवालमा सबै राजनीतिक दलहरू एकजुट हुन्छन् भन्ने पुष्टि भएको उल्लेख गर्नुभयो ।प्रतिनिधिसभाबाट शनिवार संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);