संविधान संशोधन विधेयक पारित गर्ने बैठकमा अनुपस्थित सांसद (नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

संविधान संशोधन विधेयक पारित गर्ने बैठकमा अनुपस्थित सांसद (नामावलीसहित)

sanghiya samsadh

काठमाडौं, ३१ जेठ । प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित गरेको छ । संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्छ । सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

शनिबारको बैठकमा सांसदहरु अमृता देवी अग्रहरी, गोपाल बहादुर बम , दुलारी देवी खत्वेनी , धन बहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी , हरि बोल गजुरेल , ज्ञान कुमारी छन्त्याल अनुपस्थित हुनुहुन्थ्यो ।

सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी , मोहम्मत अफ्ताब आलम जेलमा , बिजय कुमार गच्छदार निलम्बित छन् ।

सरिता गिरी बैठक बहिष्कार गरि बाहिर निस्कनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);