माइतिघरमा नागरिकको प्रदर्शनः ड्रोन क्यामेरा मार्फत प्रहरीको निगरानी | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

माइतिघरमा नागरिकको प्रदर्शनः ड्रोन क्यामेरा मार्फत प्रहरीको निगरानी

birodh

काठमाडौं, ३१ जेठ । राजधानीको माइतिघरमा नागरिहरु प्रदर्शन उत्रिएका छन् । स्तःस्फुर्त रुपमा सडकमा निस्किएर सर्वसाधारणहरुले सरकारका गतिविधिबिरुद्ध प्रदर्शन गरेका हुन् ।

कोरोना संक्रमण र यसको नियन्त्रणको लागि सरकारले लकडाउनको घोषणा गरेकै समयमा जनताहरु सरकारसँग कोरोना संकरमणको नाममा खर्च गरेको भनिएको १० अर्बको हिसाबको माग लगायत सतप्रतिशत पिसिआर टेष्ट र व्यवस्थित क्वारेन्टिनको माग गर्दै देशैभरी युवाहरु सडकमा ओर्लेका छन् ।

कुनै राजनीतिक दल र त्यससँग सम्बन्धित कुनै किसिमको झण्डा र पम्पेल्ट देखिएको छैन । तर उनीहरुले सरकारका कमजोरी र आम नागरिकको भवनालाई समेतिएका प्ले कार्ड बोकेको देखिन्छ ।

सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको माइतिघरमा सुरक्षालाई थप मजबुद बनाउन नेपाल प्रहरीले ड्रोन मार्फत पनि निगरानी गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);